Shares
Shares
मलाई जहाँ सम्म लाग्छ आफ्नो जन्मभूमि आफू जन्मे हुर्केको ठाउँ सबैलाई प्यारो नै लाग्छ, हामी जहाँ जन्ममियौ जहाँ हुर्कियौ त्यो ठाउँ त्यो बस्ती सबैलाई यादकर रहन्छ।

हो मलाई पनि मेरो जन्मभूमि प्यारो लाग्छ
मेरो जन्मभुमिको छुट्टै विशेषता छ। मलाई जन्मभुमिको बारेमा केहि लेख्न मन लागेको छ।
मेरो जन्मभूमि पश्चिम् रोल्पाको सबैभन्दा बिकट गाउँ बस्ती भन्दा खासै फरक नपर्ला हुनत यो भन्दा धेरै बिकट गाउँ बस्तीहरु पनि छ्न हाम्रो नेपालमा तर पनि कम त छैन मेरो गाउँ पनि यहाँका मानिसहरू धेरै दुखदायी जीवन बिताएका छ्न ,कडा प्ररिश्रम गर्दा पनि बर्षभरि खाने अन्नबालि जुटाउन कठिन छ
।उत्पादन धेरै हुदैन बारीहरुको लभल मिलेको छैन भिताइलो बारीहरु छ ,भएको उत्पादन कुनै बर्ष प्राकृति प्रकोप जस्तो बिपत्तिले मार्छ भने कुनै बर्ष बारीको नजिक जङ्गल हुनाले बादर बाट आएर सखाप पार्छ जोगाउन कठिन छ। बादर धपाउनको लागि प्रतेक घरको एक जना बारीमै बस्नुपर्छ बाध्यता छ आम्दानीका अन्य कुनै स्रोत छैनन बिदेशिनु यहाँको बाध्यता छ।युवा जति बिदेशमा छ्न बुढा पका बुवा आमाले गाउँमा कृषि गरेर बसेका छ।
पढे लेखेका अशिक्षित मान्छेहरुको संख्या धेरै छ शिक्षित मान्छेहरुको संख्या अत्यन्तै कम छ।
जन्मभूमि गाउँमा सडक संजालको कुरा गर्ने हो। भने हाल सम्म गाउँमा सडक पुगेको छैन आजभन्दा १ बर्ष अगाडि सम्म गाडी चढ्नको लागि करिब ६/७ घण्टा जति हिड्नु पर्ने बाध्यताको दुरि भने अल्लि कम भएको छ।
शिक्षाको हिसाबले कुरा गर्ने हो भन्ने प्रा. बि सम्मको अध्यन गर्ने संस्था गाउँ घर देखि करिब आधा घन्टाको दुरिमा रहेको छ भने नि .मा. बि अध्ययन गर्न संस्थान एक घन्टा जतिकको दुरिमा रहेको छ भने मा. बि सम्मको अध्ययन गर्ने संस्था सम्म पुग्ने दुरि करिब दुई घन्टाको जतिको दुरिमा रहेको छ । हाल भने उक्त संस्थानमा कक्षा १२ सम्मको शिक्षा संकायको अध्ययन हुदै आएको छ।

स्वास्थ्य क्षेत्रको कुरा गर्ने हो भने...
गाउँ बाट करिब दुई घन्टा बीस मिनेट जतिको दुरिमा स्वास्थ्य चौकी रहेको छ । जहाँ प्राथमिक उपचारमात्रै सम्भब हुन्छ ,गाउँ घरमा कोहि कसैलाई जटिल बिरामी लागेमा जिल्ला बाहिर जानू पर्ने बाध्यता रहेकोे छ।
सञ्चार क्षेत्रको कुरा गर्न हो भने इमेल ईन्टरनेटको ब्यवस्थाको कुरै नगरौ ,फोनले पनि राम्रो संग काम गर्दैन तर पनि हाम्रो गाउँबस्ती अल्लि अग्लो भु-भागमा छ त्यसैले फोन गर्नको लागी तेत्ती धेरै समस्या भने भोग्नु परेको छैन।
बिधुतको कुरा गर्न हो भने उत्पादनको सम्भावना प्रशस्तै छ्न तर पनि कुनै जनप्रतिनिधिको ध्यान गएको छैन कतिपय बस्तीहरु उज्यालो मुक्त छ्न भने केहि बस्तीहरु अध्यारोमा बस्नुपर्न बाध्यता रहेको छ।
यहाँ उत्पादन हुने मुख्य बालिहरुमा मकै ,गहुँ र जौ रहेका छ्न भने यहाँ मानिहरुले पाल्ने भनेको गाई ,भैंसी ,गुरु कुखुरा रहेका छ्न भन्ने आम्दानीको स्रोतको रूपमा वैदेशिक रोजगार र ज्याला मजदुरि रहेको छ । यहाँका मान्छेहरुले प्रायः ले हिन्दू धर्म र केही थोरैले इसाई धर्म मानेको पाइन्छ यहाँ बसोबास गर्नेहरुमा क्षेत्री ,मगर र केहि दलित बस्ती रहेको छ। कृषि परम्परागत तरिकाले गदै आएको र उत्पादनको लागि प्राङ्गगरि मलको प्रयोग गरेको पाइन्छ ।
||जन्मभूमि पश्चिम् रोल्पाको गंगादेब गाउँपालीका ६ साबिकको रांक २ रोल्पा||
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209