नेपालको संबिधान २०७२ ले नेपाली जनतालाई सर्बमौमसत्ता सम्पन्न मानेको छ। संबिधानसभा बाट बनएको संबिधान सबैका लागि सम्मान न्याय विधिको शासन परदार्सिता मानब अधिकार मितव्ययी शासन व्यबस्थानै हो। तर सरकार र राजनीतिक दलहरुको क्रियाकलाप शासन सैलिलेनागरिक को इच्छा अकन्क्ष्या पुरा गर्नु को साटो ठुलो खाडल सिर्जना भएको छ। सरकार, राजनीतिक दल तथा , सार्बजनिक पदमा बस्ने सबै नागरिक को सेवकको रुपमामा देखिनु पर्दछ। वर्तमान को समग्र बिस्लेसन गर्दा सबै चुकेका छन्। अविस्वासको बाताबरणको सिर्जना हुनुको कारण कोट्याई साद्धे छैन।
पहिलो चिनबाट सुरु वयेको नोबेल कोरोना अरु मुलुक मा समेत फैलिरहेको छ धेरै मानिसले चीनमा ज्यान गुमाएका छन्। बिस्व स्वास्थ्य संगठनले स्वास्थ्य संकट कालनै घोशणा गरेको छ। प्रभावित क्षेत्रका मानिसलाई उच्चा सतर्कताका साथ सुरक्क्षित् स्थान मा राखने, सुबिधा सम्पन्न बाताबरण , चिकित्सक , स्वास्थ्य कर्मी को व्यबस्था गर्ने , स्वास्थ्य कर्मी ले लगाउने पोसाक समेत निर्धारण गरेको छ।
मुख्य प्रभाभित देश चिन मा अध्यनरत र कार्यरत विभिन्न मुलुकका नागरिकलाई फिर्ता लागिसकेका छन् तर नेपाल सरकार भने उचित व्यबस्था गर्दै छौ अब छिट्टै स्वदेश फिर्ता ल्याएर सुरक्क्षित् राख्छौ भनेर समाचार प्रकासित गरेको पनी धेरै समय बितिसकेको छ। नेपाली नागरिक चीनमा अध्ययन, तालिम, व्यापारको सिलसिलामा जाने संख्या ठुलो छ। जबकी सरकारको सूचना अनुसार १७२ जना बिद्यार्थी मात्र ले आफु नेपाल फर्कन चाहेको जानकारी गराएका छन् तिनलाई पनि ल्याउने काम सरकारले गरेको छैन। सरकारले समयमानै आफ्ना नागरिकलाई उद्धार नगरिदिदा बिद्यार्थी र अभिभावक सार्है चिन्तित भएका छन् ।
यो अति संबेदन सिल अवस्थामा पनि सरकारको ढिलासुस्ती देखेर राष्ट्रिय मानब अधिकार आयोगले सरकारलाई बिस्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिमको सूबीधाको व्यबस्था गरेर यथासिघ्र चीनमा रहेका नागरिकलाई उद्धार गर भनेर निर्देसन दिएको छ तर आजका दिन सम्म पनि सरकारले बिज्ञप्ति निकाल्ने बाहेक केहि गरेको छैन। उता चिनबाट ल्यायिएको नागरिकलाई दुई हपता सम्म छुट्टै चिकित्सकीय निगरानीमा राख्न स्थानको छनोट गरेको पनि देखिदैन । सरकारले छनोट गरेको नेपाल बिधुत प्राधिकरण को तालीम केन्द्रको खरिपाटी स्थित भवनमा राख्छौ त भन्यो, त्यहाका राजनीतिक दलहरुले नराख्न दबाब दिएको खबर आएको छ।
एकातिर जे मा पनी राजनीतिक करण गर्नु दुखद हो भने अर्को तिर सरकारले मन बचन र कर्मले आफ्नो दयित्वो पुरा गर्न बिश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिमको ब्यबस्था गरेर स्वोच्छ बाताबरण भएको सहर देखि टाढाको रिसोर्टमा राख्ने व्यबस्था गरेर यथा सिघ्र पिडित नागरिकलाई स्वदेश फर्काउने काम गरोस्।