Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काम गरेको पैसा माग्दा चोर भन्दै कुट्दै सडकमा पुर्याएको भिडियो भाइरल

काम गरेको पैसा माग्दा चोर भन्दै कुट्दै सडकमा पुर्याएको भिडियो भाइरल

काठमाडौं । नेपालटारमा एक युवकमाथि ‘चोर’को आरोप लगाउँदै गरिएको निर्घात कुटपिटको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। शुक्रबार साँझ भएको भनिएको घटनामा पीडितले आफू निर्दोष रहेको, प्रहरी बोलाएर जिम्मा लगाउन आग्रह गर्दा पनि कुटपिट नरोकिएको भिडियोमा देखिन्छ।

भिडियो सार्वजनिक गरेका गोरखाका हरि मुडभरीका अनुसार कुटाइ खाने युवक अर्घाखाँचीका हुन् र घटनापछि उनलाई बालाजु प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक जानकारीअनुसार मोमो पसलमा काम सुरु गरेको पहिलो दिन नै तलब र पाँच सय रुपैयाँको विषयमा विवाद चर्किएको दाबी गरिएको छ।

पीडितले आफूले काम गरेको तलब नपाएको, प्रहरीमा उजुरी दिने बताएपछि साहुले लखेटेर कुटेको आरोप लगाएका छन्। उनले आफू चोर नभएको, यदि गल्ती गरेको भए कानुनी कारबाही भोग्न तयार रहेको पनि बताएका छन्।

घटनाको भिडियोमा केही स्थानीयले पछि कुटपिट रोक्न आग्रह गरेको देखिए पनि आक्रमण जारी रहेको देखिन्छ। घटनापछि सामाजिक सञ्जालमा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै व्यापक आक्रोश व्यक्त भइरहेको छ।