Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

यात्रुलाई बासी खाना खुवाएपछि होटललाई २५ हजार जरिवाना

यात्रुलाई बासी खाना खुवाएपछि होटललाई २५ हजार जरिवाना

काठमाडौँ । यात्रुलाई बासी खाना खुवाएपछि दाङ देउखुरी क्षेत्रमा रहेको एक होटललाई जरिवाना गरिएको छ । दाङपूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मसुरीयास्थित पूर्वपश्चिम हाइवे होटललाई २५ हजार जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनसहित खाद्य खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले २५ हजार जरिवाना गरेको बताएको छ। टोलीले होटलको फ्रिजमा अस्वस्थकर, बासी खाना भण्डारण गरेको, पकाएर बनाइने खानामा कृत्रिम रङ प्रयोग गरेको, भान्साको संरचना उपयुक्त नभएको, मूल्यसूची नटाँसेको, नालीमा फोहर पानी जमेको र भान्सामा दुर्गन्ध रहेको जस्ता समस्या पाएपछि जरिवाना गरेको कार्यालयले जनाएको हो।