काठमाडौं । पहिरोका कारण बिहीबार साँझदेखि अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकाको जवाङखोलानजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । शुक्रबार बिहानदेखि राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । पहिरो पन्छाएपछि सवारी आवागमन सुचारु भएको छ ।
पानी परेपछि रातको समयमा प्रहरीले पृथ्वी राजमार्गका सबै ठाउँमा गाडी सञ्चालनमा रोक लगाएको थियो । काठमाडौंबाट धादिङ हुँदै बाहिरिने गाडीलाई नागढुंगामै रोकिएको थियो ।