Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

खुल्यो मुग्लिन-नारायणगढ सडक

खुल्यो मुग्लिन-नारायणगढ सडक

काठमाडौँ ।  पहिरोले अवरुद्ध मुग्लिन-नारायणगढ सडक आज बिहान ८ बजेदेखि खुलेको छ। 

सडक डिभिजन भरतपुरले आज बिहान ८ बजे सूचना जारी गरी बिहानैदेखि मेसिन परिचालन गरी बाँकी रहेको पहिरो हटाएसँगै सवारी आवागमन दुईतर्फी सञ्चालन भएको जानकारी दिएको हो। 

लेन अनुशासनमा रही सीमित गतिमा सवारी चलाउन सडक डिभिजनले अनुराेध गरेको छ।

निरन्तर वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहँदा सोमबार साँझदेखि मुग्लिन-नारायणगढ सडक बन्द भएको थियो।