Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

फिफा विश्वकप : मेस्सीको गोलमा अर्जेन्टिनालाई अग्रता

फिफा विश्वकप : मेस्सीको गोलमा अर्जेन्टिनालाई अग्रता

 
काठमाडौं । अर्जेन्टिनाका स्ट्राइकर लिओनल मेस्सीले विश्वकपमा १४ औँ गोल गरेका छन् ।

अल्जेरियाविरुद्ध जारी खेलको पहिलो हाफमा उनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।  उनले १६ औँ मिनेटमा गोल गरेका थिए ।

जर्सी नम्बर १० का यी दिग्गज खेलाडीले मैदानको बीच भागबाट बल नियन्त्रणमा लिँदै पेनाल्टी एरियामा अघि बढेका थिए । अल्जेरियाका गोलकिपर जिदानलाई छक्याउँदै देब्रे खुट्टाबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो ।

यस गोलअघि उनको गोल संख्या १३ थियो । उक्त संख्यालाई फ्रान्सका क्लेइन एम्बाप्पेले आजै मात्र तोडेका थिए । मेस्सीले गोल गरेपछि एम्बाप्पेको गोलसंंख्या मेस्सीसँगै बराबरी भएको छ ।