Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोड बिगो दाबी गर्दै मुद्दा

दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोड बिगो दाबी गर्दै मुद्दा

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोड बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको छ । 

बिहीबार  दर्ता भएको मुद्दामा सुलभ अग्रवाल, सहिल अग्रवाल र शंकरलाल अग्रवालसहित ३४ व्यक्ति र पाँच कम्पनीलाई प्रतिवादी बनाइएको छ । 

प्रतिवादी मध्यका सुलभ अग्रवाललाई २५ अर्बभन्दा बढी बिगो कायम गरिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् । 

अभियोगपत्रमा अंक र अक्षरमा बिगो फरक परेका कारण विशेष अदालतले अभियोगको विवरण सार्वजनिक नगरेको हो । 

अदालतले आफैँ रुजु गरी यकिन भएपछि सार्वजनिक गर्ने तयारी गरेको छ ।