Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

१८ वर्ष अघिको रामहरि श्रेष्ठ हत्या प्रकरण : बटालालाई १० वर्ष कैद

१८ वर्ष अघिको रामहरि श्रेष्ठ हत्या प्रकरण : बटालालाई १० वर्ष कैद

काठमाडौं । सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा तत्कालीन माओवादी नेता गोविन्दबहादुर बटालालाई १० वर्षको कैद सजाय सुनाएको छ ।

यसअघि उनलाई सफाइ दिएको थियो ।

न्यायाधीशहरू डा. नहकुल सुवेदी, अव्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको इजलासले यसअघि सर्वोच्चबाटै भएको फैसला उल्ट्याउँदै बिहीबार बटालालाई १० वर्षको कैद सजाय सुनाएको हो । घटना १८ वर्ष पहिलेको हो ।