Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अमेरिकी उपविदेशमन्त्री रोजर्सले गरिन् पाटन दरबार भ्रमण

अमेरिकी उपविदेशमन्त्री रोजर्सले गरिन् पाटन दरबार भ्रमण

काठमाडौँ । नेपाल भ्रमणमा रहेकी अमेरिकाका उपविदेशमन्त्री सारा बी रोजर्सले ललितपुरस्थित पाटन दरबार स्क्वायर अवलोकन गरेकी छन्।

अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति उपमन्त्रीसमेत रहेकी रोजर्सले भ्रमणका तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै पाटन दरबार स्क्वायर जीर्णोद्धारमा अमेरिकाले गरेको सहयोगको चर्चा गरेकी छन्। 

‘आज मैले पाटन दरबार स्क्वायरको भ्रमण गरेँ, जुन २०१५ को भूकम्पबाट क्षतिग्रस्त भएका १६-१७औँ शताब्दीका दरबार र मन्दिरका संरचनाहरूको एउटा क्षेत्र हो। यसको पुनर्निर्माणमा सहयोग पुर्‍याउन एएफसीपीले हात अघि बढाएको थियो, जसको नेतृत्व भद्र र विशेषज्ञ डा. रोहित रञ्जितकारले गर्नुभएको थियो। ललितपुरका मेयर चिरीबाबु महर्जनले मलाई स्वागत गर्नुभयो र हाम्रो भ्रमणमा साथ दिनुभयो। अमेरिकी राजदूत सांस्कृतिक संरक्षण कोष (एएफसीपी) हामीले विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) मा गर्ने सबैभन्दा उत्कृष्ट सांस्कृतिक कार्यमध्ये एक हो। सामान्य रकमको सहयोगबाट हामी अमूल्य ऐतिहासिक भवनहरू, पुरातात्त्विक स्थलहरू, धार्मिक अभिलेखहरू र विश्वका अन्य सांस्कृतिक सम्पदाहरूको उत्खनन, संरक्षण र जीर्णोद्धारमा मद्दत गर्दछौँ। यीमध्ये धेरैजसो भवनको जीर्णोद्धार कार्य सामान्य मात्र थियो। शताब्दियौँदेखिका भूकम्पीय लहरहरूमा पनि यहाँका सालका काठहरू राम्रोसँग टिकिरहेका थिए। जहाँ नयाँ काष्ठकलाका बुट्टाहरू कोर्नुपर्ने आवश्यकता थियो, त्यहाँ डा. रञ्जितकारले ती मौलिक बुट्टाहरू कुँद्ने शिल्पकारहरूका सन्तानहरूलाई खोजेर पत्ता लगाउनुभयो र आवश्यक परेको ठाउँमा उनीहरूलाई तालिम समेत प्रदान गर्नुभयो, ताकि उनीहरूले पुरानाको सट्टामा नयाँ आकृतिहरू बनाएर आफ्नो योगदान दिन सकून्’, उनले लेखेकी छन्।