Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मेरुदण्डको इन्टर्भेन्सनल पेन व्यवस्थापनमा विशेष सीएमई सम्पन्न

मेरुदण्डको इन्टर्भेन्सनल पेन व्यवस्थापनमा विशेष सीएमई सम्पन्न

काठमाडौं । अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एन्ड एलाइड साइन्सेज (ANIAS) को आयोजनामा इन्टर्भेन्सनल पेन व्यवस्थापन विषयक विशेष निरन्तर चिकित्सा शिक्षा (CME) कार्यक्रम सम्पन्न भएको छ ।


काठमाडौँमा आयोजित उक्त कार्यक्रममा ढाड दुखाइ तथा मेरुदण्डसम्बन्धी समस्याको आधुनिक उपचार, एक्युपन्चर र फिजियोथेरापीमार्फत दुखाइ व्यवस्थापन लगायत विषयमा विशेषज्ञ चिकित्सकहरूले प्रस्तुति दिएका थिए।

उक्त अवसरमा यस अस्पतालमा डाक्टर तीर्थ भण्डारीको नेतृत्वमा विभिन्न खालको दुखाइको बिना अप्रेसन पनि सफल उपचार हुँदै आइरहेको जानकारी गराइएको थियो ।

कार्यक्रममा डा. सौजन्य राजभण्डारीले "Pathophysiology of Low Back Pain", डा. जया सात्यालले "Acupuncture in Low Back Pain", डा. नबिन सापकोटाले "Understanding Low Back Pain Through the Lens of Physiotherapist" तथा डा. तीर्थराज भण्डारीले "Interventional Pain Management for Spine" विषयमा आ–आफ्नो प्रस्तुति राखे ।

कार्यक्रमको समापन सत्रमा डा. बसन्त पन्तले "No Brain – No Pain" शीर्षकमा विशेष प्रस्तुति प्रदान गरे।उक्त सीएमई कार्यक्रममा विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाका चिकित्सक एवं स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । दीर्घकालीन ढाड दुखाइ तथा मेरुदण्डसम्बन्धी समस्याको समयमै पहिचान र आधुनिक व्यवस्थापनबारे महत्त्वपूर्ण जानकारी आदान–प्रदान भएको आयोजकले जनाएका छन् ।