Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सिक्री चोरलाई समात्न काठमाडौँमा मध्यरातमा प्रहरीले चलायो गोली

सिक्री चोरलाई समात्न काठमाडौँमा मध्यरातमा प्रहरीले चलायो गोली

काठमाडौं । प्रहरीले काठमाडौंको जडिबुटीमा गोली चलाएर एकजनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोली चलाएर उनलाई शनिबार नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार गणेश कार्की नाम गरेका व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाइएको हो । उनी काठमाडौंको चपलीका रहेका प्रहरीले जानकारी दिएको छ ।

उनीमाथि शनिबार दिउँसो चप्पल कारखानामा एक महिलाको सुनको सिक्री लुटेको आरोप छ । गोली चलाएर नियन्त्रणमा लिइएका उनलाई ट्रमा सेन्टरमा उपचारका लागि लगीएको प्रहरीले जानकारी दिएको छ ।