Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

घोराहीस्थित प्रहरी विद्यालयको २१ बिगाहा जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

घोराहीस्थित प्रहरी विद्यालयको २१ बिगाहा जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

काठमाडौँ । दाङको घोराहीस्थित क्षेत्रीय प्रहरी आवासीय विद्यालयको नाममा रहेको ठूलो परिमाणको जग्गा अतिक्रमणमा परेको भन्दै नेपाल प्रहरीले संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको छ। विद्यालयका समादेशक तथा प्रहरी निरीक्षक रामकुमार केसीले १५ दिनभित्र घर–टहरा तथा अन्य भौतिक संरचना हटाउन आग्रह गरेका हुन्।

विद्यालयको नाममा रहेको साविक सोनपुर गाविस–५ (ख) र हाल लमही नगरपालिका–३ सोनपुरस्थित कित्ता नम्बर ४१४ को करिब २१ बिगाहा ९ कठ्ठा ७ धुर जग्गा अतिक्रमण भएको सूचनामा उल्लेख छ। सो क्षेत्रमा झन्डै ६० भन्दा बढी घर–टहरा निर्माण गरिएका छन् भने बाँकी जग्गा विभिन्न व्यक्तिले खेतीपातीका रूपमा प्रयोग गर्दै आएको जनाइएको छ।

प्रहरीले तोकिएको समयसीमाभित्र संरचना नहटाइएमा बलपूर्वक हटाइने चेतावनीसमेत दिएको छ। यसअघि इलाका प्रहरी कार्यालय तुलसीपुरले पनि आफ्नै स्वामित्वको जग्गामा बनेका अनधिकृत संरचना हटाउन सूचना जारी गरेको थियो।

यस्तै, जिल्ला प्रशासन कार्यालय दाङले समेत सरकारी जग्गा अतिक्रमण हटाउन सार्वजनिक सूचना निकालेको भए पनि तोकिएको समय सकिँदासमेत ठोस प्रगति हुन नसकेको बताइएको छ।

710059180_1439398404887269_7761459943470823959_n.jpg