Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

असार १ गतेदेखि कक्षा ११ को पढाइ सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

असार १ गतेदेखि कक्षा ११ को पढाइ सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले आगामी असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । एसईईको नतिजा एक महिनाभित्रै प्रकाशित हुने तयारीसँगै मन्त्रालयले नयाँ शैक्षिक सत्रको तालिका अगाडि बढाएको हो ।

मन्त्रालयले निर्णय कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत देशभरका विद्यालय र स्थानीय तहलाई सूचना पठाउने तयारी गरेको जनाएको छ ।

यसअघि एसईईको नतिजा र कक्षा ११ को भर्ना तथा पढाइ सुरु हुने समयबारे अन्योल देखिएको थियो । मन्त्रालयले विद्यार्थी र अभिभावकको अन्योल हटाउँदै शैक्षिक सुशासन कायम गर्न समयमै पठनपाठन सुरु गर्न लागिएको स्पष्ट पारेको छ ।

असार १ गतेदेखि कक्षा ११ को पढाइ सुरु गर्दा विद्यालय तहको शैक्षिक गुणस्तर सुधार हुने र सबै कक्षाको पठनपाठनमा एकरूपता कायम गर्न सहयोग पुग्ने मन्त्रालयको विश्वास छ ।