Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुदूरपश्चिम र लुम्बिनीको तराईमा आज तातो दिनको सम्भावना

सुदूरपश्चिम र लुम्बिनीको तराईमा आज तातो दिनको सम्भावना

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहँदा केही क्षेत्रमा भने तातो दिन हुनेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आज तातो दिन हुने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।

बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा, मधेस प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ । 

विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई  भूभागमा तातो दिन हुने सम्भावना रहेको बताएको छ ।

विभागका अनुसार राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । 

बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको विभागले जनाएको छ ।