Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पेन्टागन इन्टरनेशनल कलेजमा नयाँ शैक्षिक सत्रको भर्ना सुरु

पेन्टागन इन्टरनेशनल कलेजमा नयाँ शैक्षिक सत्रको भर्ना सुरु

काठमाडौं । पेन्टागन इन्टरनेशनल कलेजले नयाँ शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ मा भर्ना खुला गरेको छ। राजधानीको तीनकुनेस्थित उक्त कलेजले विज्ञान, व्यवस्थापन तथा कानुन  संकायमा सीमित सिटका लागि आवेदन आह्वान गरेको  छ । विगत लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कलेजले उत्कृष्ट नतिजा, अनुभवी शिक्षक टोली, आधुनिक प्रयोगशाला, सुविधा सम्पन्न कक्षा कोठा तथा विद्यार्थीमैत्री वातावरणका कारण आफूलाई नेपालको अग्रणी शैक्षिक संस्थामध्ये एकका रूपमा स्थापित गर्न सफल भईरहेको छ ।  

कलेज प्रशासनका अनुसार SEE उत्तीर्ण विद्यार्थीहरूले प्रवेश परीक्षामार्फत भर्ना लिन सक्नेछन्। विज्ञान, व्यवस्थापन र  कानुन संकायमा दक्ष तथा अनुभवी प्राध्यापकमार्फत अध्यापन गराइने कलेजले जनाएको छ।कलेजले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै अतिरिक्त क्रियाकलाप, खेलकुद, नेतृत्व विकास, आईटी–आधारित शिक्षण प्रणाली तथा करिअर काउन्सिलिङलाई समेत प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ। मेडिकल, इन्जिनियरिङ, बीबीए, सीए लगायत विभिन्न क्षेत्रमा अध्ययन गरिरहेका हजारौँ सफल विद्यार्थीहरू पेन्टागन कलेजको उत्पादन रहेको कलेजको दाबी छ। यसैगरी अहिले रास्वपाका सासद सुशान्त वैदिक र अभिनेत्री वर्षा राउत सम्मले यहि कलेजमा अध्यन गरेका थिए। 

 तीनकुने रिङरोडको सहज पहुँचमा रहेको कलेजमा देशभरबाट विद्यार्थीहरू अध्ययनका लागि आउने गरेका छन्। कलेजमा अत्याधुनिक ल्याब, पुस्तकालय, CCTV निगरानी, इन्टरनेट सुविधा, AC सहितका कक्षाकोठा तथा होस्टेल सुविधा समेत उपलब्ध रहेको जानकारी दिइएको छ।  भर्नासम्बन्धी थप जानकारीका लागि कलेजको कार्यालय तीनकुने, काठमाडौंमा सम्पर्क गर्न वा आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सकिने जनाइएको छ। साथै  कक्षा ११ मा भर्ना हुन्  चाहने  विद्यार्थीहरुका लागि यहि जेठ ७ गते बिहान ८ बजे इन्ट्रान्स परिक्षा हुने कलेजले जानकारी गराएको छ।