Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जेन्जी आन्दोलनमा फरार व्यक्ति पुनः चोरी मुद्दामा पक्राउ

जेन्जी आन्दोलनमा फरार व्यक्ति पुनः चोरी मुद्दामा पक्राउ

बागलुङ । जेनजी आन्दोलनका क्रममा फागुन २४ गते कास्की कारागारबाट फरार एक प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बागलुङ जिल्लाको बागलुङ नगरपालिका–७ बस्ने वर्ष ३४ को मिठु किसान भन्ने सुरेश बोहोरा रहेका छन्।

बागलुङ जिल्ला अदालत बागलुङको २०८० जेठ २ गतेको आदेशले नकबजनी चोरी मुद्दामा तीन वर्ष एक महिना कैद र ३० हजार रुपैयाँ जरिवाना हुने गरि फैसला भई कारागार कार्यालय कास्कीमा थुनामा रहेका उनी जेनजी आन्दोलनको क्रमम कारागारबाट भागी फरार थिए।

उनलाई यही जेठ १ गते बागलुङ नगरपालिका–२ शिवधाराचोक स्थित खड्क बहादुर खत्रीको पसलबाट सामसङ कम्पनीको मोबाइल चोरी गरि भागेको कसुरमा पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

उनीविरुद्ध जिल्ला अदालत बागलुङबाट चोरी कसुरमा पाँच दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भइरहेको छ।