Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सर्लाही धनकौलका सामुदायिक विद्यालयमा एसईई नतिजा अत्यन्त कमजोर, अधिकांश विद्यार्थी ननग्रेडेड

सर्लाही धनकौलका सामुदायिक विद्यालयमा एसईई नतिजा अत्यन्त कमजोर, अधिकांश विद्यार्थी ननग्रेडेड

काठमाडौँ । सर्लाहीको धनकौल गाउँपालिका अन्तर्गतका सामुदायिक माध्यमिक विद्यालयहरूको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा निराशाजनक देखिएको छ। नियमित तथा ग्रेडवृद्धि दुवै समूहमा ठूलो संख्यामा विद्यार्थी ‘ननग्रेडेड’ भएपछि स्थानीय तहको शिक्षा गुणस्तरबारे चिन्ता बढेको छ।

शिक्षा शाखाका अनुसार नियमिततर्फ १४१ जना विद्यार्थी सहभागी भएकामा केवल २० जना मात्र उत्तीर्ण भएका छन् भने १२१ जना ननग्रेडेड भएका छन्। ग्रेडवृद्धितर्फ ३९ जनामध्ये १ जना मात्र सफल भएका छन् भने बाँकी ३८ जना असफल भएका छन्।

तीन वटा सामुदायिक विद्यालयमध्ये धनकौल बजारस्थित दुर्गा माध्यमिक विद्यालय, हरकटवास्थित जनता माध्यमिक विद्यालय र धोबिनियास्थित जनकल्याण माध्यमिक विद्यालय सबैमा नतिजा कमजोर देखिएको छ। केही विद्यालयमा त ग्रेडवृद्धि परीक्षामा सहभागी सबै विद्यार्थी समेत असफल भएका छन्।

निरन्तर कमजोर प्रदर्शनपछि अभिभावकहरूले पठनपाठनको गुणस्तर, कक्षा सञ्चालन र शिक्षकको जिम्मेवारीप्रति प्रश्न उठाएका छन्। शिक्षा शाखा प्रमुख युक्ति रामले नतिजा विश्लेषण गरी कारण पहिचान गर्न अन्तरक्रिया तथा छानबिन गरिने बताएका छन्।

जिल्लास्तरमा पनि कुल १०,०२१ परीक्षार्थीमध्ये ४,३६५ जना ननग्रेडेड भएको तथ्याङ्क सार्वजनिक भएको छ।