Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एसईईमा कुन ग्रेड ल्याउने विद्यार्थी कति?

एसईईमा कुन ग्रेड ल्याउने विद्यार्थी कति?

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको एसईईको नतिजाअनुसार, ३.६० देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थी ४८ हजार ३९२ हजार छन्।

२०८२ सालको एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्षको तुलनामा ४.१७ प्रतिशतले नतिजा सुधार भएको छ। गत वर्ष ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

यस वर्ष १‍.६० देखि २ जीपीए ल्याउने विद्यार्थी सात जना छन्। यसैगरी, २ देखि २.४० जीपीए ल्याउने पाँच हजार १९० विद्यार्थी छन्। 

बोर्डका अनुसार, २.४० देखि २.८० जीपीए ल्याउने विद्यार्थी ५५ हजार ९७७ जना छन्। त्यस्तै, २.८० देखि ३.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २२२ छ। 

त्यसपछि ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थी ८० हजार ३७२ जना छन्। बोर्डको अनुसार, ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी ४८ हजार ३९२ जना छन्। 

यस वर्ष नन ग्रेडेडमा एक लाख ४६ हजार ५०७ विद्यार्थी छन्। गत चैतमा भएको परीक्षामा पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी थिए।