Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

द्वन्द्व चलिरहेको मुलुकमा सरकारले किन दिन थाल्यो श्रम स्वीकृति ?

द्वन्द्व चलिरहेको मुलुकमा सरकारले किन दिन थाल्यो श्रम स्वीकृति ?


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात देशमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै साउदी अरेबिया, यूएई, कतार, ओमान, यमन, जोर्डन, टर्कीमा कार्यरत नेपाली श्रमिकहरूलाई पुनः श्रम स्वीकृति दिने निर्णय भएको जनाएको हो ।

‘साउदी अरेबिया, यूएई, कतार, ओमान, यमन, जोर्डन, टर्कीमा कार्यरत नेपाली श्रमिकहरूलाई र बिदामा नेपाल आई पुनः उल्लेखित देशहरूमा रोजगारीका लागि फिर्ता हुन चाहने नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 
पश्चिम एसियामा विकसित युद्धका कारण ती देशको श्रम स्वीकृतिलगायतका कार्य रोकिएको थियो । 

अहिले पनि अमेरिका र इजरायल तथा इरानबीचको द्वन्दव रोकिएको छैन । सबैभन्दा नेपाली रोजगारीका लागि पुग्ने खाडी मुलुक द्वन्दवकै चपेटामा छ । यस्तो समयमा सरकारले श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको हो ।  द्वन्द्वका कारण नेपालीहरू ठूलो संख्यामा समस्यामा परिरहेका छन् ।