Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

यूएईस्थित नेपाली दूतावासले भन्यो– अत्यावश्यक नभएसम्म सेवा लिन नआउनू

यूएईस्थित नेपाली दूतावासले भन्यो– अत्यावश्यक नभएसम्म सेवा लिन नआउनू

काठमाडौं । संयुक्त अरव इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले अत्यावश्यक नभएसम्म नेपाली राजदूतावास र महावाणिज्यदूतावास दुबईबाट प्रदान गरिने सेवाका लागि नआउन आग्रह गरेको छ ।  

फागुन १८ (आज) देखि २० गते सम्म नेपाली राजदूतावास अबुधाबी तथा नेपाली महावाणिज्यदूतावास दुबईबाट प्रदान गरिने राहदानी, कागजात प्रमाणीकरण, अधिकृत वारेसनामालगायत कन्सुलर सेवाहरू आफूलाई तत्कालै आवश्यक भए मात्र दूतावास/महावाणिज्यदूतावासमा आउन दूतावासले भनेको छ । 

यूएई सरकारका आधिकारिक निकायले अत्यावश्यकबाहेक यात्रा नगर्न, सुरक्षित स्थानमा रहन र संयमता अपनाउन सुरक्षा मापदण्ड जारी गरेको दूतावासले स्मरण गराएको छ । 

“केही दिन धैर्य गरी परिस्थिति सहज भएपछि आफ्ना कामका लागि दूतावास/महावाणिज्यदूतावासमा आउनु उपयुक्त हुने व्यहोरा अनुरोध गरिन्छ,” दूतावासले भनेको छ, “राहदानी नवीकरणका लागि मार्च ०२ देखि मार्च ०४ भित्रको मिति राखी अनलाइन फाराम भर्नुभएका आवेदकहरू भरिसकेको फाराम लिई पछि सहज समयमा जुनसुकै कार्यदिनमा दूतावास/महावाणिज्यदूतावासमा आउनुभएमा सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।”