Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

२ जना हबलदारसहित कहाँ हराए १२ प्रहरी

२ जना हबलदारसहित कहाँ हराए १२ प्रहरी

काठमाडौँ । दुईजना प्रहरी हबलदारसहित १२ जना प्रहरीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ। 

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै १२ प्रहरी लामो समयदेखि गैरहाजिर रहेका जनाएको छ। उनीहरूलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सात दिनको समय दिएको हो। 

लामो सयमदेखि सम्पर्कविहीन भएका प्रहरीलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने चेतावनीसमेत दिइएको छ। 

सम्पर्कविहीन हुनेमा दुईजना हबलदार, नौजना प्रहरी जबान र एकजना कार्यालय सहयोगी छन्।

Screenshot_2026-02-22_073739_7DVmcyjLqV.jpg