Jul 28 2026 | २०८३, श्रावण १२ गते
Shares
काठमाडौँ । काठमाडौ उपत्यका प्रहरी कार्यालय रानी पोखरीले उपत्यका भित्रका उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरीअधिकृतहरुलाई नगद पुरस्कारसहित पुरस्कृत गरेको छ। काठमाडौ उपत्यका कार्यालयका प्रमुख एआईजी ईश्वर कार्कीलेकाठमाडौँ जिल्ला प्रहरी प्रमुख एसएसपी रमेश थापाको टिमले जिल्लाभित्र शान्ति सुरक्षा, अपराध रोकथाम, नियन्त्रण एबमअनुसन्धानमा उत्कृष्ट कार्य गरेका प्रहरी कर्मचारीलाई आफ्नो कार्यकालमा उत्कृष्ट कार्य गरि संगठनको गरिमा बढाएको भन्दैपुरस्कार प्रदान गरेका छन।
एआईजी कार्कीले काठमाडौँ जिल्लाभित्र घटेका घटनाको उत्कृष्ट अनुसन्धान तथा अपराध अनुसन्धानमा प्रशंसनीय एवंउत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिँदा अन्य प्रहरी कर्मचारीहरुको कार्य सम्पादन स्तरमा समेत सकारात्मकप्रभाव पर्न गई प्रहरी मनोबल उच्च रहने विषयलाई दृष्टिगत गरी उनीहरूले सम्पादन गरेको प्रशंसनीय कार्यको कदर स्वरूपअभिलेखमा जनिने गरी पुरस्कारद्वारा सम्मानित गरे । एआईजी कार्कीले पुरस्कृत हुनु विशुद्ध निष्ठा र कर्तव्यपरायणताकोमूल्याङ्कन भएकोले आगामी दिनहरूमा अझै बढी लगनशील र कर्तव्यनिष्ठ भई अनुकरणीय कार्यसम्पादन हुनुपर्नेबताउनुभयो ।
पुरस्कार प्रोत्साहन भएको र पुरस्कृत नहुँदैमा बिचलित हुन नहुने बताउँदै संगठनको गरिमा उच्च बनाउन व्यावसायिक निष्ठाप्रदर्शन गर्नुहुने अन्य उत्कृष्ट प्रहरी कर्मचारीहरूले कर्तव्यपालनामा तल्लीन र धैर्यता राखेमा भविष्यमा पुरस्कृत हुने अवसरपाउने बताउनुभयो ।
© 2026 All right reserved to laligurash.com
By