Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मधेसमा आज सार्वजनिक बिदा

मधेसमा आज सार्वजनिक बिदा

काठमाडौँ ।  मधेस प्रदेश सरकारले आज (माघ १८ गते आइतबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ। 

रविदास जयन्ती (माघ पूर्णिमा)का अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकर प्रसाद पालले जानकारी दिए।

मधेसमा दलित तथा सीमान्तकृत समुदायले रविदास जयन्ती मनाउने गरेका छन्। 

रविदास जयन्ती मनाउने समुदायको सम्मानस्वरुप सार्वजनिक बिदा दिने निर्णय गरिएको मधेस सरकारले जनाएको छ।