Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपालमा पश्चिमी वायूको प्रभाव,पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र वर्षाको सम्भावना

नेपालमा पश्चिमी वायूको प्रभाव,पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौँ । आज उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ भने सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भैरहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका उच्च पहाडी तथा हिमाली भूभागमा थोरै स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।