प्रहरीले ३ तीन राउन्ड हवाई फायर गरी लागू औषध ब्राउनसुगर कारोबारीलाई नियन्त्रण लिएको छ । लागु औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौँ का प्रमुख एसएपी कृष्णप्रसाद कोइरालाको नेतृत्वमा रहेको लागुऔशध नियन्त्रण ब्युरो शाखाकार्यालय नेपालगञ्जका शाखा प्रमुख नवीनकुमार शाहीको नेतृत्वको टोलीले लागू औषधऔषध कारोबारीलाई पक्राउ परेको हो । पौष १५ गते इलियास अहमदलेले लागू औषध ब्राउनसुगर खरीद बिक्री भइरहेको छ भन्ने सुचनाको आधारमा गणेशपुर नजिक फेला पारी कानुन बमोजिम चेकजाँच गर्न खोज्दा निज भाग्न उमकन खोजेकोले निजलाई नियन्त्रण मा लिन खोज्दा ३ तीन राउन्ड हवाई फायर गरिएको जनाईएको छ । उनलाई नियन्त्रणमा लिएको र उनले लगाएको कालो ज्याकेटको अगाडीको दाहिने खल्ती भित्र लुकाई छिपाइ राखेको अवस्थामा लागू औषध खैरो हेरोईन फेला पारी , ८शुद्ध तौल २८० ग्राम १६० मिलिग्राम र डिजिटल तराजु थान(१ हात लगाउने नक १ थान मोबाइल थान(१ समेत बरामद गरी निजलाई समेत पक्राउ जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको छ ।