Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

तीन महिनाको उपचारपछि फर्किइन् झलनाथ पत्नी, भन्छिन्– ग्यास च्याम्बरमा हालेजस्तै जलाएर मार्न खोजियो

तीन महिनाको उपचारपछि फर्किइन् झलनाथ पत्नी, भन्छिन्– ग्यास च्याम्बरमा हालेजस्तै जलाएर मार्न खोजियो

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको उपचारपछि स्वदेश फर्किएकी छन् ।

उनी भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारपछि सोमबार स्वदेश फर्किएकी हुन्।

उनी गत भदौ २४ गते जेन-जी आन्दोलनमा घरमै आगजनी हुँदा घाइते भएकी थिइन् ।

उनले स्वदेश फर्किएपछि आफू ग्यास च्याम्बरमा परेर पनि बाँचेको र बचाउन भूमिका खेल्ने सबैलाई धन्यवाद पनि दिइन् । उनले अबोधपनको मकुन्डो ओढेर जेनजी आन्दोलनको क्रममा देशलाई नष्ट पार्न खोजेको र यो सरकारले कारबाही गर्नुपर्ने माग गरेकी छन् ।