Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौंमा तापक्रम ५.५ डिग्री, नेपालगञ्जको भिजिविलिटी ५० मिटर

काठमाडौंमा तापक्रम ५.५ डिग्री, नेपालगञ्जको भिजिविलिटी ५० मिटर

काठमाडौं । काठमाडौंमा आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् गोविन्द झाले जानकारी दिए । 

काठमाडौंमा हिजो बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम पनि ५.५ डिग्री सेल्सियस नै रहेको थियो । काठमाडौं आज बिहान पातलो हुस्सु लागेको छ । 

पश्चिम तराईदेखि जनकपुरसम्म भने आज बाक्लो कुहिरो लागेको छ । सबैभन्दा धेरै कुहिरो नेपालगञ्जमा लागेको छ । “नेपालगञ्जमा बिहान ५ः४५ मा भिजिविलिटी ५० मिटर छ । भैरहवामा १०० र जनकपुरमा ३०० मिटर भिजिविलिटी छ,” मौसमविद् झाले भने, “पूर्वी नेपालमा भने कुहिरो केही कम छ ।”  

उनका अनुसार घाम लागेपछि मौसम सफा हुनेछ ।  

दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।  

राति सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

मौसमविद् झाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अन्य भूभागमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।