Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

हर्क साम्पाङको कामप्रति अख्तियारको चासो, कागजात पेस गर्न १५ दिने अल्टिमेटम

हर्क साम्पाङको कामप्रति अख्तियारको चासो, कागजात पेस गर्न १५ दिने अल्टिमेटम

काठमाडौँ  ।  धरानका मेयर हर्क साम्पाङले अघि बढाएको सुम्निमा पारूहाङ प्रतिमा निर्माण परियोजनामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चासो राखेको छ। 

आयोगले मंसिर १४ गते पत्राचार गर्दै सुम्निमा पारूहाङ प्रतिष्ठानसँग सम्बन्धित सबै वित्तीय तथा संस्थागत कागजात १५ दिनभित्र बुझाउन धरान उपमहानगरलाई निर्देशन दिएको हो।

आयोगमा परेको उजुरीमा मेयर साम्पाङ र केही कर्मचारीले मिलेमतो गरी प्रतिष्ठान दर्ता गरेको, स्थानीय तह कार्यपालिकामा बसेका व्यक्तिले आफूलाई नै अध्यक्ष बनाउँदै संस्था गठन गरेको आरोप छ। प्रतिष्ठानमा आएको रकमको स्रोत, खर्चको तरिका र रकम कसको नाममा कति हस्तान्तरण भयो भन्ने विषयमा पनि प्रश्न उठाइएका छन्।

अख्तियारले प्रतिष्ठानको दर्ता प्रमाण–पत्र, दर्ता मिति, कुन कानुनअनुसार दर्ता भएको हो, पदाधिकारीको नामावली, विधान र नियमावली, उद्देश्य, सदस्य संरचना, आर्थिक व्यवस्थापन र निर्णय प्रणालीसम्बन्धी कागजात पेश गर्न माग गरेको छ।

आयोगको पत्र सार्वजनिक भएपछि मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका छन्। उनले सरकारले काम नगरेकाले आफूले पहल गर्नुपरेको टिप्पणी गर्दै अख्तियारको कदमप्रति आक्रोश प्रकट गरेका छन्।