Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सरकारी सेवामा युवालाई रोजगारी भन्दै गोकर्णेश्वर नगरपालिकाले सुरु गर्दैछ लोकसेवा तयारी कक्षा

सरकारी सेवामा युवालाई रोजगारी भन्दै गोकर्णेश्वर नगरपालिकाले सुरु गर्दैछ लोकसेवा तयारी कक्षा

काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले युवायुवतीलाई सरकारी सेवामा रोजगारी प्रदान गर्ने उद्देश्यले लोकसेवा आयोग तयारी कक्षा सञ्चालनको तयारी गरेको छ।  
 
आर्थिक वर्ष २०८२-८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार, नगरपालिकामा स्थायी बसोबास गर्ने व्यक्तिहरूका लागि संघीय तहको नायब सुब्बा (अप्राविधिक) तथा बागमती प्रदेशको पाँचौँ तह (अप्राविधिक) परीक्षाको तयारी कक्षा संचालन गर्न लागिएको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख दिपक रिसालले सार्वजनिक सूचना जारी गर्दै सबै योग्य र इच्छुक व्यक्तिहरूलाई सहभागिताको आग्रह पनि गरेका छन्।

‘नगरपालिका भित्रका युवाहरू बेरोजगार बस्नुपरोस् भन्ने हाम्रो चाहना होइन,’ उनले भने, ’ उनले भने, ‘लोकसेवा तयारी कक्षाले युवाहरूको करियर निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ। तोकिएको योग्यता पुगेकाले आवेदन दिनुहोला।’ 

नगरपालिकाले युवाहरूलाई सरकारी सेवामा प्रवेशका लागि आवश्यक ज्ञान, रणनीति र प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न योगदान दिनका लागि कार्यक्रम नै सञ्चालन गरिएको रिसालको भनाइ छ।  

यस्तो छ सूचना 

risal-gonapa.jpg
undefined