काठमाडौं । जेनजी आन्दोलनको क्रममा लुटिएका हतियारमध्ये ७२३ फिर्ता भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेसम्म ७२३ हतियार फिर्ता भएको जानकारी दिएका हुन् ।
राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बिहीबार बसेको बैठकमा अर्यालले यस हतियार फिर्ता कार्य चलिरहेको समेत जनाएका छन् ।
जेनजी आन्दोलनका क्रममा भागेका वा फरार रहेका कैदीबन्दी फिर्ता हुनेक्रम समेत जारी रहेको उनले बताए । जेनजी आन्दोलनका क्रममा भागेकामध्ये ४ हजार ८५७ कैदीबन्दी अझै बाहिरै छन् । गृहमन्त्री अर्यालका अनुसार २४ भदौमा भागेकामध्ये ९ हजार ६९७ कैदीबन्दी फिर्ता भइसकेका छन् ।