Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रंगशाला निर्माणको ऋण सरकारले नतिर्दा धुर्मुसलाई संकट, एक लाख सहयोग गर्ने बलेको घोषणा

रंगशाला निर्माणको ऋण सरकारले नतिर्दा धुर्मुसलाई संकट, एक लाख सहयोग गर्ने बलेको घोषणा

काठमाडौँ ।  धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण थालेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला परियोजना आर्थिक संकटमा फसेपछि कलाकार सागर लम्साल ‘बले’ले ऋण तिर्न सहयोग गर्ने घोषणा गरेका छन्। रङ्गशालामा लागेको करोडौँ ऋण सरकारले नतिरेको भन्दै विभिन्न पक्षले चासो जनाइरहेका बेला बलेले व्यक्तिगत रूपमा १ लाख रुपैयाँ योगदान गर्ने बताएका हुन्।

उनका अनुसार सामाजिक अभियानका रूपमा सुरु भएको परियोजना अधूरो अवस्थामा रोकिएको देख्दा कलाकार तथा नागरिकको हैसियतबाट केही गर्नुपर्ने महसुस भएको हो। बलेले सामाजिक सञ्जालमार्फत अपील गर्दै रङ्गशाला जोगाउन सबै नेपालीले आफू–आफ्नो क्षमतअनुसार सहयोग गर्नुपर्ने बताए।

रङ्गशाला निर्माणका क्रममा ठेकेदार, श्रमिक र सामग्री आपूर्तिकर्तासँगको ठूलो ऋण बाँकी रहेकाले फाउण्डेशन दबाबमा परेको छ। आर्थिक अभावले काम रोकिएको र फाउण्डेशनले बारम्बार सहयोगका लागि आग्रह गर्दै आएको छ।

सरकारले भने परियोजना फाउण्डेशनको पहलमा चलेको भन्दै प्रत्यक्ष रूपमा ऋण व्यहोर्ने निर्णय नभएको भनिरहेको छ।