Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मोबाइल चोरीको आरोपमा कुटपिट गर्दा युवकको मृत्यु

मोबाइल चोरीको आरोपमा कुटपिट गर्दा युवकको मृत्यु

राजविराज । मोबाइल चोरीको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ । सप्तरीको राजगढ गाउँपालिका–६, फकिरा घर भई राजविराज नगरपालिका–१६, बोरियामा बस्दै आएका मुकेश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

१९ वर्षीय यादवको उपचारका क्रममा शनिबार (मंसिर ६) राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी डम्बरबहादुर पुरीले बताए ।

प्रहरीका अनुसार, दुई दिनअगाडि बोरियास्थित छिमेकी सरोकुमारी साहको मोबाइल हराएको थियो । उक्त मोबाइल मुकेशले नै चोरी गरेको भन्दै साहले कुटपिट गरेपछि घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।