Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अमेरिकाबाट फेरि निकालिए ३५ नेपाली

अमेरिकाबाट फेरि निकालिए ३५ नेपाली

काठमाडौँ ।  अमेरिकाले निष्कासन (डिपोर्ट) गरेका ३५ जना नेपाली काठमाडौँ आइपुगेका छन्। अमेरिकी चार्टर्ड विमानमार्फत् बुधबार ३५ नेपाली काठमाडौँ आइपुगेका हुन्।

अवैध रुपमा बस्दै आएका विदेशी नागरिकलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुसार अमेरिकाले देश निकाला गर्दै आएको छ। यसअघि पनि धेरै नेपाली निष्कासन भइसकेका छन्।

हिजो काठमाडौँ आइपुगेका ३५ नेपालीलाई अध्यागमन कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाएको थियाे। 

ब्युरोले सामान्य सोधपुछ गरी उनीहरूलाई छाडिसकेको एसएसपी कृष्ण पंगेनीले बताए। 

अवैध रुपमा अमेरिका पुगेर निष्कासनमा परेका नेपालीले आफू अन्यायमा परेकाे भनेर उजुरी गरेमात्रै प्रहरीले थप अनुसन्धान गर्ने गरेकाे छ।