Shares
Shares
काठमाडौँ । बाराको सिमरा विमानस्थल क्षेत्रमा झडप भएको छ। आज झडप भएपछि कफ्र्यू आदेश जारी भएको छ। स्थिति तनावग्रस्त बनेपछि बारा प्रशासनले विमानस्थल आसपासको क्षेत्रमा बेलुका ८ बजेसम्म कफ्र्यू आदेश जारी गरेको छ ।
बारा प्रशासनले जारी गरेको विज्ञप्तीमा भनिएको छ , सिमरा विमानस्थल आसपास क्षेत्रमा जेनजी युवाहरुको प्रदर्शन तथा राजनीतिक दल आवद्व समूहहरुको झडप भइरहेकोले सरकारी सम्पत्ति, पदाधिकारी, कर्मचारी, सरकारी कार्यालय लगायत निजी सम्पत्ति क्षति हुन नदिन साथै परिस्थिति थप विग्रन नदिन आज मिति २०८२।०८।०३ गते दिउँसो १२ः३० वजे देखि बेलुका ८ः०० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम बारा जिल्लाको जीतपुरसिमरा उप.महा.नगर.पालिका . भित्र देहायको क्षेत्रमा कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यू आदेश जारी गरिएको छ ।
गण्डक नहर देखि पथलैया सडक खण्ड राजमार्गको दायाँ–बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटर सम्म कफ्र्यू लगाईउको छ । सिमरा विमानस्थल आसपास क्षेत्रमा जेनजी युवाहरूको प्रदर्शन र राजनीतिक दल आबद्ध युवाहरूले प्रदर्शन गरेका थिए।उक्त कार्यक्रमका लागि एमाले महासचिव शंकर पोखरेल, नेता महेश बर्तौला, भानुभक्त ढकाललगायत जाने कार्यक्रम थियो। झडपको स्थितिपछि यहाँ कफ्र्यू आदेश जारी भएको हो। महेश बस्नेतको विरोध गर्न सिमरा विमानस्थलमा भेला भएका जेनजी र प्रहरीबिच झडप भएको हो ।
बस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन आज बारा आउने कार्यक्रम तय भएपछि जेनजीहरुले विरोध गरेका थिए । सिमराका जेनजी समूहका युवाहरूले सिमरा विमानस्थल घेराउ गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । सो क्रममा दुई पक्षबिच झडप भएको हो ।
अहिले विमानस्थलको सुरक्षामा जनपथ र सशस्त्र प्रहरीको ठुलो समूह खटाइएको छ पछिल्लो समय महेश बस्नेत प्रती जेनजीहरु ऋाक्रामक बन्दै आएका छन् । बस्नेत एमाले अध्यक्ष केपी शर्मा ओलीका दाईने हात हुन । उनले सामाजीक सञ्जाल तथा सञ्चार मात्तयममा विभिन्न ब्यक्तीहरुमाथि आपत्ति जनक टिप्पणी गर्ने गरेका छन्। जेनजीहरु संग आक्रामक बनेका बस्नेत जाने कार्यक्रम नै हुन नदिन जेनजीहरुले सिमरा बिमान स्थल नै घेरा उगर्न पुगेका थिए ।
उनीहरु विमानस्थलमा पुगे पछि एमालेका कार्यकर्ता संग झडप भएको हो । बाराको परवानीपुरमा प्रदेशस्तरीय भेलाका निम्ति मधेसका सबै जिल्लाबाट युवा जम्मा भइसकेका छन् । पार्टी महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने उक्त भेलामा पोखरेलसहितका नेतालाई सहभागी हुनै नदिने भन्दै जेन–जी समूहले प्रदर्शन गरेको हो ।

Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209