Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

काठमाडौँ- धनुषामा गोली प्रहारबाट वडाध्यक्षको हत्या भएको छ।

शुक्रबार साँझ मिथिला बिहारी नगरपालिका ९ का वडाध्यक्ष बिन्देश्वर यादवको हत्या भएको नगरपालिकाका मेयर राजेन्द्र प्रसाद यादवले बताए।

गाउँमा मृत्यु संस्कारमा सहभागी भएका वडाध्यक्षसहितको विवाद भएको थियो। विवादका क्रममा उनीमाथि गोली प्रहार भएको र अरु पनि केही व्यक्ति घाइते भएको मेयर यादवले बताए। 

प्रहरीले घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ।