Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज कस्तो होला देशभरको मौसम ?

आज कस्तो होला देशभरको मौसम ?

काठमाडौँ- आज देशभर मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ। 

देशका बाँकी भागमा भने आज मौसम सफा रहने बताएको छ। त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहनेछ।