Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

धुर्मुसलाई संचारकर्मी भोजराज थापाको रूहाउने पत्र, ठग भन्नेहरुले हेर्नैपर्ने

धुर्मुसलाई संचारकर्मी भोजराज थापाको रूहाउने पत्र, ठग भन्नेहरुले हेर्नैपर्ने

काठमाडौँ । सिताराम कट्टेलका भाई कुमार कट्टलले पोष्ट गरेको भिडियोमा उनले ५ बर्ष देखि न्यायको लागि सिंहदरबार भौतारिदै गरेको मेरो दाई भन्दै पोष्ट गरेका छन्। नभन्दै धुर्मुसले भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउँदा सहेको अपमान र सरकाले गरेको उपेक्षा निकै भत्सना योग्य छ । हरेक दिन अफिस समयमा सिंहदरबार पुग्नु, दिनभर फाइल घुमाउनु, साँझ घर फर्कनु । धुर्मुसको जीवनमा यो क्रम चलिरह्यो ।

धुर्मुस–सुन्तली दुबेले कलाकारीता छाडेर रङ्गशाला निर्माण गर्न प्रयास गरे तर, सफल भएनन यो बिचमा उनीहरु गाली र धम्की यति सामना गर्नु पर्याे कि बयान गर्न सकिदैन । धुर्मुस–सुन्तलीलाई रङ्गशाला निर्माणका क्रममा मर्नु न बाँच्नुको स्थिीति पारियो । उनले मागेर निर्माण सुरू गरे, पुरा गर्न सकेनन, जनताको पैसा खाए लगायतका लाञ्छाना धेरै लगाईयो । विभिन्न झुटा आरोप लागे ।  रङ्गशालामा अहिले छैटौंपटक प्राविधिक मूल्याङ्कन गरिएको छ ।

पछिल्लोपटक पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले गरेको जाँचबुझमा पनि कुनै कैफियत भेटिएन ।तर, २०७८ सालमा धुर्मुसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो । उक्त उजुरीमा अख्तियारले लामो अनुसन्धान गरेर धुर्मुसलाई २०८१ सालमा ‘क्लिनचिट’ दियो । ७२ करोडको संरचना भरतपुर महानगरलाई बुझाएका धुर्मुसले १८ करोड ४३ लाख रुपैयाँ ऋणको बोझबाट भने अझै मुक्ति पाएका छैनन् । ५ ओटा मुल्याङकन हुँदा पनि धुमुस अहिले सम्म कतै बाट दोषी देखीएका  छैनन । अहिले धेरैले धुर्मुसलाई सपोर्ट गरिरहेका छन ्। क्ति पयले नबुझेर उनी माथी खनिएका थिए । धुमुसको पिडालाई नजिकबाट निहालेका पत्रकार भोजराज थापा सामाजीत्र सञ्जालमा लेख्छन्

प्रिय धुर्मस दाई,
मलाई थाहा तपाई पाँच बर्षदेखी न्यायका लागी कति संघर्षरत हुनुहुन्छ। तपाई कुन मानसीक अवस्थाबाट गुज्रीनुभएको छ मैले देखेको छु। हिजो धुर्मुसले पैसा कुम्लायो, भ्रष्टाचार गर्यो भन्दै तपाईलाई आत्महत्या नै गर्ने अवस्थामा पुर्याएका थिए। जे होस सत्य बाहीर आयो। दुइ दिनअघि पुल्चोक इन्जीनीयरिङ संस्थानले धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण थालेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ६० करोड भन्दा बढीको कार्य भएको सरकारी मुल्याङकन गरेको प्रतिवेदन सार्वजनिक गर्यो। त्यो प्रदिवेदनमा  अझै २ करोड ४६ लाखको अझै स्टकमा रहेका सामानहरु त समावेश नै छैन। ६० लाख को कालो माटो ढुवानी र दुवो रोप्ने कार्य गरेका मौज्दात सामाग्रीको मुल्य समावेश छैन। यदि यही परियोजना कुनैपनि सरकारी ठेक्कापट्टामार्फत कुनै ठेकदारले गरेको भए अझै त्यसमा १५ प्रतिशत ओभरहेड पनि जोडीन्थ्यो। १५ प्रतिशत ओभरहेड जोडीयो भने ६९ करोड हुन्छ । २ करोड ४६ लाखको स्टकको सामान र ६० लाख गरेर करिव करिव ७२ करोड बराबरको काम फाउन्डेसनले गरेको छ। यति सवै कार्य धुर्मुस सुन्तली फाउन्डेसनले मात्र ५७ करोड ९२ लाखमा गरेको छ। यसमा अझैपनि स्याम्पल ग्राउन्ड निर्माणको खर्च जोडीएको छैन केही कामदार आवासको खर्च जोडीएको छैन । नजोडदा नजोड्दैपनि ६० करोड भन्दा बढीको प्राविधिक मुल्यांकनको रिपोर्ट आएको छ।
धुर्मुस दाई तपाई माथि लागेका छुट्टा आरोपहरू निराधार भईसकेकाछन्  र मलाई बिश्वास छ अब भने जनताहरूले सत्यतथ्य बुझिसकेकाछन्।अब रून पर्दैन मेरो दाई । उनले लेखेका छन्।