काठमाडौँ-
लन्डनको एजवेयरमा सल्यानका २६ वर्षीय विद्यार्थी योमन चन्द सुतेकै अवस्थामा मृत भेटिएका छन्। युनिभर्सिटी अफ हर्टफोर्डसायरमा एमएस्सी कम्युनिकेसन्स् एण्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययनरत चन्दको मंगलबार बिहान निधन भएको हो।
उनका रुममेट मनोज कुँवरका अनुसार सोमबार हल्का बिरामी महसुस गरे पनि चन्द साँझ सामान्य अवस्थामा थिए। मंगलबार बिहान उठाउन खोज्दा प्रतिक्रिया नदिएपछि एम्बुलेन्स बोलाइए तर स्वास्थ्यकर्मीले बिहान ९:३० बजे मृत घोषणा गरे।