Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मन्त्री कुलमानलाई साक्षी राखेर सरकार र मेलम्चीका स्थानीयबीच सहमति, अब काठमाडौँमा पानीको हाहाकार नहुने

मन्त्री कुलमानलाई साक्षी राखेर सरकार र मेलम्चीका स्थानीयबीच सहमति, अब काठमाडौँमा पानीको हाहाकार नहुने

काठमाडौं । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच सहमति भएको छ । मंगलबार राति सहमति भएको हो । 

सहमतिसँगै रोकिएको पानी पथान्तरण गरिने भएको छ । साथै, संघर्ष समितिका सबै आन्दोलन स्थगित गर्ने  सहमति भएको छ । 

सिन्धुपाल्चोकको हेलम्बुका स्थानीयले विभिन्न माग राख्दै मेलम्चीको पानी काठमाडौं उपत्यका पथान्तरणमा रोक लगाएका थिए । ०८१ असोज २३ गते स्थानीय बाढीपीडित संघर्ष समिति, तत्कालीन खानेपानीमन्त्री प्रदीप यादव र खानेपानी मन्त्रालयका सचिव प्रमिला देवीबीच १० बुँदे सहमति भएको थियो । सो सहमति कार्यान्वयन नभएपछि प्रभावितहरूले मेलम्चीको पानी काठमाडौं पथान्तरणमा रोक लगाएका थिए ।