गुल्मी। गुल्मीमा एक हप्तामा २२३ जनाले राहदानी बनाएका छन् । गत आइतबारदेखि शुक्रबारसम्म २२३ जनाको राहदानीका लागि आवेदन सङ्कलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जनाए । २२३ जनाको राहदानीका लागि आवेदन सङ्कलन हुँदा ११ लाख ४० हजार राजस्व सङ्कलन भएको गैरेको भनाई छ ।
यस्तै, एक हप्ताको समय अवधिमा जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता २७९, प्रतिलिपि १६६, नावालक परिचयपत्र १५, राहदानीको आवेदन सङ्कलन २२३, राहदानी वितरण २७, राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन ६३७, राष्ट्रिय परिचयपत्र वितरण ३६४, दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित १०६ भएको छ ।