Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

झुम्का कारागारमा एक कैदीको मृत्यु

झुम्का कारागारमा एक कैदीको मृत्यु

इनरुवा :  सुनसरीको झुम्का कारागारमा एक कैदीको मृत्यु भएको छ। 

झुम्का कारागार प्रशासनका अनुसार आइतबार (हिजो) बिहान करिब ५ः३० बजे कारागारको ‘बी’ बन्दीगृहमा बन्दी ५३ वर्षीय सुधना सरदार अचेत अवस्थामा फेला परेको र उपचारको क्रममा मृत्यु भएको हो। 

सरदार जिल्ला अदालतको २०८० असोज २ गतेको आदेशमा जिउ मास्ने बेच्ने मुद्दामा सजायमा जेलमा रहेका थिए। 

अचेत भएपछि तुरुन्तै झुम्का कारागारका सुरक्षा गार्ड प्रहरी हवलदार सन्तोष श्रेष्ठसहितको टोलीले उनला२ उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो। 

तर, अस्पताल पुगेपछि बिहान ६ः१५ बजे उपचारको क्रममा उनको मृत्यु भएको अस्पताललाई उदृत गर्दै जलेर सुभाष लामिछानेले जानकारी दिए।