Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शंकर साह हत्या प्रकरणमा वरिष्ठ हवल्दारसहित दुई जना पुर्पक्षका लागि कारागार चलान

शंकर साह हत्या प्रकरणमा वरिष्ठ हवल्दारसहित दुई जना पुर्पक्षका लागि कारागार चलान

रौतहट- शंकर साह बानिया हत्या प्रकरणमा संलग्न दुई आरोपितलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि कारागार चलान गरेको छ।

जिल्ला न्यायाधीश शम्भु प्रसाद रेग्मीको एकल इजलासले थुनछेक बहसपछि आइतबार साँझ फतुवा विजयरपुर नगरपालिका–२ सितलपुरका वरिष्ठ हवल्दार विनोद भन्ने ४३ वर्षीय हरदेव राय यादव र ६० वर्षीय कपिलदेव यादव (६०) लाई थुनामा पठाउने आदेश दिएको हो। 

अदालतले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६७(१) अनुसार उनीहरूलाई तत्काल निर्दोष भन्न नसकिने ठहर गरेको उपसचिव केशरनाथ अर्यालले जानकारी दिए। गत असोज २६ गते जग्गा विवादका क्रममा कुटपिटबाट शंकर साह बनियाको मृत्यु भएको थियो।

थुनछेक बहसकै दिन न्यायको माग गर्दै पीडित परिवार र स्थानीयवासीले जिल्ला अदालत गौरको मुख्य गेटमा बिहान ११ बजेदेखि साँझसम्म धर्ना दिएका थिए। 

पीडित परिवारले बाँकी चार फरार अभियुक्तलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।