Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बझाङको थलारामा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

बझाङको थलारामा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

बझाङ : बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१–००२ त ५७२४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा थलारा–२ का ६० वर्षीय पमले खाती र ६२ वर्षीय जसे खातीको घटनास्थलमै मृत्यु भएको बझाङ प्रहरीले जनाएको छ। 

उनकाअनुसार ट्याक्टर चालक कैलालीको गोदावरी नगरपालिका–४ का ४५ वर्षीय खुशीराम चौधरी गम्भीर घाइते भएका छन्। उनको छाती र बाँया खुट्टामा गम्भीर चोट लागेको छ। चौधरीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको थियो।