Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

तीनवटा प्रदेशका केही स्थानमा वर्षा र हिमपात

तीनवटा प्रदेशका केही स्थानमा वर्षा र हिमपात

काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपात हुने भएको छ । तीनवटा प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागको भनाइ छ ।