Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौंको फोहोर व्यवस्थापनको समस्या फेरि बल्झियो,स्थानीयहरु फेरि आन्दोलित

काठमाडौंको फोहोर व्यवस्थापनको समस्या फेरि बल्झियो,स्थानीयहरु फेरि आन्दोलित

काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको समस्या फेरि बल्झिएको छ । स्थानीयहरुले विगतमा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै बुधबारदेखि नै काठमाडौंबाट गएको फोहोर ल्याण्डफिलसाइटमा फाल्न नदिएका हुन ।

बञ्चरेडाँडाका स्थानीय बासिन्दाले विगतमा भएको सम्झौताहरू कार्यान्वयन नभएको भन्दै फोहोर बोकेका सवारीसाधनलाई ल्याण्डफिल साइटमा प्रवेश गर्न दिएका छैनन ।

बुधबार फोहोरका गाडीहरूलाई फर्काइएको थियो भने बिहीबार बाटो नै अवरोध गरिएको थियो । नुवाकोटको ककनी गाउँपालिका ३ का वडाध्यक्ष घननाथ बजगाईंले अब फोहोर फाल्न सधैँका लागि बन्द गर्ने घोषणा गरेको बताएका छन ।  स्थानीयले आन्दोलन गरेपछि हिजो फोहोर बिसर्जन गर्न पुगेका दर्जनौ सवारी साधन बीचबाटोबाट फर्किएका छन ।