काठमाडौँ । सोलुखुम्बु जिल्लाको लोबुचेमा हेलिकप्टर दुर्घटना भएको खबर प्राप्त भएको छ । हिउँमा फसेकाहरुलाई लिँन जाँदा दुर्घटना भएको खुलेको हो ।
अल्टिच्युड एयरको नाइन एन एमएसको हेलि दुर्घटना भएको हो ।अवतरण गर्ने क्रममा उक्त हेलिकप्टर दुर्घटना भएको हो। दुर्घटनामा पाइलट सकुशल विवेक खड्का सकुशल रहेका छन् । अहिले पाइलटलाई लिनका लागि लुक्लाबाट कैलाश एअरको हेलिकप्टर त्यहाँ जाँदैछ ।