काठमाडौँ । माइतीघरमा प्रर्दशन गर्न पुगेका ‘जेनजी युनाइटेड परिवर्तन’ समूहका सदस्यहरूलाई प्रहरीले पक्राउ गरेको छ । अनुमतिबिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जनाभन्दा बढी लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरु प्रशासनबाट अनुमति नलिइ त्यहाँ पुगेका थिए । समूहले भाद्र २३ र २४ गतेको ‘जेन्जी आन्दोलन’मा मृत्यु भएका सहिदहरूको सम्झनामा फोटोसहितको ब्यानर प्रदर्शन गर्ने तयारी गरेको थियो। ‘यदि जेन्जी एक भएन भने सहिदका आत्माहरू सधैँ भौतारिइरहनेछन्, घाइते हृदयहरू कहिल्यै निको हुने छैनन् र नेपाल आमाका आँसुहरू कहिल्यै सुक्ने छैनन्’ भन्ने लेखिएको ब्यानरसहित उनीहरू आज माइतीघर मण्डलामा पुगेका थिए। तर प्रहरी प्रशासनले अनुमति बिना सार्वजनिक प्रदर्शन गर्न नपाइने भन्दै उनीहरूलाई रोक्दै नियन्त्रणमा लिएको हो।