Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विपीन जोशीको राष्ट्रिय सम्मानका साथ महाकाली नदी किनारमा अन्त्येष्टि

विपीन जोशीको राष्ट्रिय सम्मानका साथ महाकाली नदी किनारमा अन्त्येष्टि

काठमाडौँ । हमासको आक्रमणमा परी ज्यान गुमाएका विपीन जोशीको राष्ट्रिय सम्मानका साथ महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ। उनको गृहजिल्ला कञ्चनपुरको भीमदत्त नगरपालिकामा पर्ने महाकाली नदीको भुजेला घाटमा अन्तिम संस्कार गरिएको हो। महाकाली नदी किनारमा उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि  गरिएको हो ।

विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो ।उनको पार्थिव शरीरमा ठुलो बुबाहरु रामदत्त र अम्बादत्त र बुबा महानन्दले संयुक्तरुपमा दागबत्ती दिएको दिएका थिए ।  

भीमदत्त नगरपालिकास्थित उनको निवासबाट सुरु भएको शवयात्रामा नेपालका लागि इजरायली राजदूतसहितको टोली, आफन्तजन र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको छ। हमासले इजरायललाई विपिनको शव बुझाएपछि त्यहाँबाट नेपाल ल्याइएको थियो ।उनको शव इजरायलबाट सोमबार दिउँसो काठमाडौं ल्याइपुर्याइएको थियो ।

काठमाडौंबाट नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी र त्यहाँबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित घर र्पुयाइएको थियो । विपिनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारी विपिनको घरसम्म पुगेका थिए ।