Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एसएसपी रमेश थापाले प्रहरी कर्मचारीहरुलाई सानो मन नगरी काम गरौं समाजमा प्रहरीको अझ बढी आवश्यकता छ

एसएसपी रमेश थापाले प्रहरी कर्मचारीहरुलाई सानो मन नगरी काम गरौं समाजमा प्रहरीको अझ बढी आवश्यकता छ

काठमाडौं, जेन-जी आन्दोलनपछि समुदायको सहयोगमा तयार भएको प्रहरी वृत्त थानकोटमा जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख रमेश थापा पुगेका छन् । निरीक्षणका लागि बिहीबार थानकोट पुगेका उनले सानो मन नगरी काम गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

 उनले भने,‘दुःखका बेला, असाध्यै कठिन घडीमा हामीले काम गरिआएको विगत पनि छ, हाम्रो नेचर नै यस्तै हो,त्यसैले सानो मन नगरी अझ सकरात्मक सोचले सक्रिय र एकताका साथ काम गरौं ।’ यो काम देखाउने बेला भएको भन्दै अहिले समाजमा प्रहरीको अझ बढी आवश्यकता भएको बताए ।

‘अहिले मुलुकमा सबैले हाम्रो सशक्त भूमिका अपेक्षा गरेका छन्, तपाईं, हामीले सक्रिय रुपमा काम गर्‍यौं भने शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउन सकिन्छ। हाम्रा समस्या छन्, तर सबै समस्यालाई थाती राखेर उच्च मनोबलका साथ खटौं ।’

आफू र समग्र संगठनले असल कर्महरुको जिम्मा लिने भन्दै उनले भने, ‘संगठनको नीति बाहिर गएको बाहेक अरु सबै जिम्मेवारी लिन्छौं ।’ प्रहरी कर्मचारीको क्षतिका सन्दर्भमा प्रहरी प्रधान कार्यालयमा निवेदन गरिसकिएको भन्दै उनले मनोबल उच्च बनाउन निर्देशन दिए ।